- टोलविकास संस्थाको तेस्रो अधिवेशन तथा चौथो वार्षिक साधारण सभाले नयाँ कार्यसमिति चयन गरेको हो ।
हेटौंडा : हेटौंडा उपमहानगर पालिका ११ नम्बर वडा स्थित सागरपथ टोलविकास संस्थाको अध्यक्षमा पुनः सूर्यबहादुर थिङ्ग चयन भएका छन् । थिङ्गको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गरिएको छ ।
कार्यसमितिको उपाध्यक्षमा नरेन्द्र लोप्चन चयन भएका छन् भने सचिवमा बुध्दिनाथ न्यौपाने चयन भएका छन् । यसैगरी सहसचिवमा अशोक थिङ्ग , कोषाध्यक्ष पदमा अमिर लामालाई चयन गरिएको छ । यस्तै सदस्य पदमा शुक्र बहादुर बिक, जुना डिम्डुङ्ग, पन्चमाया घलान, बिमला रानामगर, सागर सुनार र हरिलाल सुनार चयन भएका छन् ।
टोलविकास संस्थाको तेस्रो अधिवेशन तथा चौथो वार्षिक साधारण सभाले नयाँ कार्यसमिति चयन गरेको हो । सूर्यबहादुर थिङ्गको सभाध्यक्षतामा भएको अधिवेशन तथा साधारण सभामा हेटौंडा उपमहानगर पालिकाकी नगर प्रमुख मिना कुमारी लामाको प्रमुख आतिथ्यता रहेको थियोे ।
कार्यक्रममा हेटौंडा ११ कि वडाध्यक्ष जुना दाहाल , टोलविकास संस्था नगर समन्वय समितिका उपमहासचिव देवकुमार स्रेस्ठ , हेटौंडा ११ वडा समन्वय समितिका अध्यक्ष यज्ञबहादुर आचार्य, सिमल्टार टोलविकास संस्थाका अध्यक्ष सूर्यमान लामा, तल्लो थानाभर्याङ्ग टोलविकास संस्थाका अध्यक्ष सम्शेर बानियाँ लगायतकाको उपस्थिति रहेको थियो ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
बाढी पिडितका लागि काठमाडौँ महानगरले साढे ४ करोड सहयोग दिने
-
परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ यीबीच टेलिफोन वार्ता
-
चितवनमा भेटिएका पहिचान नखुलेका शवको जमिनमुनि व्यवस्थापन गर्न शुरु
-
१८७ जना विदेशी पर्यटकको उद्धार, अझै ४२० सम्पर्कविहिन
-
शशांकले भने- महाधिवेशनको कार्यतालिका यथाशीघ्र सार्वजनिक गर्छौँ
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।